Rule 11D
अनुमति दिन सक्ने
(१) नियम ११ग. को उपनियम (१) बमोजिम पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको लागि सम्बन्धित निकायबाट सिफारिस भई आएमा मन्त्रालयले देहायका अवस्थामा सो प्रस्तावको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न अनुमति दिन सक्नेछ ः–
(क) आयोजनाको कुनै भौतिक संरचनात्मक इकाई विस्तार वा स्थानान्तरण गर्दा सो इकाई स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लिखित प्रभावित क्षेत्र भित्र पर्ने भएमा,
(ख) स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनम उल्लिखित वन क्षेत्रको दश प्रतिशत भन्दा बढी क्षेत्र थप हुने भएमा,
(ग) अन्य परिवर्तित संरचना वा इकाईको कारणले एक सय जनासम्म जनसङ्ख्याको स्थायी बसोबास स्थानान्तरण वा पुनर्वास गर्नु पर्ने अवस्था भएमा,
तर अन्य परिवर्तित संरचना वा इकाईको कारणले एक सय जनाभन्दा बढी जनसङ्ख्याको स्थायी बसोबास, स्थानान्तरण वा पुनर्वास गर्नु पर्ने अवस्थामा पुन वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्नेछ ।
(घ) समग्रमा वातावरण र जैविक विविधतामा उल्लेखनीय प्रतिकूल प्रभाव नपर्ने भएमा ।
(२) उपनियम (१) को खण्ड (घ) बमोजिम समग्रमा वातावरण र जैविक विविधतामा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने वा नपर्ने भन्ने विषयको निर्णय मन्त्रालयले गर्नेछ ।